नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुकुम पश्चिमले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया मतदानमार्फत सम्पन्न गरेको छ। मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू जिल्लास्तरमै भएको निर्वाचनबाट चयन गरिएका हुन्।
निर्वाचन अधिकृत अधिवक्ता गणेश हमालका अनुसार खुला तर्फ नन्दराम देबकोटाले २८१ मत र दिनेश चन्दले २५४ मत ल्याउँदै विजयी भएका छन् भने प्रतिस्पर्धी टंक प्रसाद ओली १२२ मतसहित पछि पर्नुभयो। महिला तर्फ कौशिला केसी २०४ मत र हिमकुमारी केसी २०३ मत हासिल गर्दै विजयी बने, जहाँ डण्डी कार्कीले ११६ र तुलसा मल्लले १११ मत प्राप्त गरे। त्यसैगरी युवा तर्फ प्रकाश खड्काले १७७ मत ल्याउँदै विजयी हुनुभयो भने लालबहादुर बुढा १४६ मतसहित पछि हुनु भयो।
कुल ६ जना—दुई खुला, दुई महिला, एक युवा र एक दलित—महाधिवेशन प्रतिनिधि निर्वाचनमार्फत चयन गरिएको निर्वाचन अधिकृत हमालले जानकारी दिनुभयो।
निर्वाचन अधिकृत हमालले मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको र चयन भएका प्रतिनिधिहरू अब काठमाडौँमा हुने राष्ट्रिय महाधिवेशनमा जिल्ला संगठनको तर्फबाट सहभागिता जनाउने जानकारी दिनुभयो।









प्रतिक्रिया दिनुहोस्