जाजरकोट। पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोटले आफ्नो २९औँ स्थापना दिवस तथा वार्षिक साधारण सभा भव्य र उत्साहपूर्बक सम्पन्न गरेको छ। कार्यक्रममा संस्थाका सदस्य, स्थानीय प्रतिनिधि, समाजसेवी , पत्रकार, तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाका गतिविधि, उपलब्धि तथा आर्थिक विवरण प्रस्तुत गरिनुका साथै आगामी वर्षका योजनासमेत सार्वजनिक गरियो।
यसै क्रममा संस्थामा निरन्तर सक्रिय र उत्कृष्ट कार्यसम्पादन गर्ने ५ जना कर्मचारीलाई उत्कृष्टता पुरस्कार प्रदान गरिएको छ।
पुरस्कार प्राप्त गर्नेहरूमा राजेन्द्र थारु, दिपक कार्की, आनन्द शर्मा र निर्मला खड्का रहेका छन्।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष तथा कार्यक्रम अध्यक्ष छवि पन्तले देशभर गैरसरकारी संस्थाहरू क्रमशः खुम्चिनुपर्ने अवस्थामासम्म पुगेको उल्लेख गर्दै यो चिन्ताको विषय बनेको बताए। उनले समुदाय विकास, शिक्षा, स्वास्थ, बालबालिका तथा युवा सशक्तीकरणका कार्यहरू निरन्तर अगाडि बढाउन संस्था प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।
पाँचतारा युवा संरक्षण मञ्चले विगतदेखि नै सामुदायिक सेवा, बालबालिका ,युवा ,स्वस्थ्य ,शिक्षा बिकासका क्षेत्रमा सक्रिय योगदान दिँदै आएको पन्तले जनाए।

बाबा आमा नभएका अरुकै सहयोगमा बिधालय शिक्षा लिइरहेका सात वटा पालिकाका ७ जना बिधार्थीलाई नगत सहयोग ।











प्रतिक्रिया दिनुहोस्