गाउँकै सहारा बनेकी स्वास्थ्यकर्मी दान कुमारी जागिर छोडेर डोल्पा प्रस्थानसँगै गाउँ भर आँसु



बारेकोट। पहाडको काखमा बसिएको सानो गाउँ जिरी आज विहानैदेखि असामान्य रूपमा मौन थियो। घर–घरको आँगनमा उभिएका मान्छेहरूको आँखामा एउटै कुरा थियो वियोग, एउटा छोरीप्रति मनले बोकेको अपरिमित माया।

गाउँमै जन्मिएकी, यही माटोमा खेल्दै–कुद्दै हुर्किएकी स्वास्थ्यकर्मी दान कुमारी सिहंले धेरै वर्षसम्म गाउँकै आधारभूत स्वास्थ्य शाखामा सेवा गरिन्।

रोगी होस् वा सुत्केरी, बुढाबुढी होस् वा बच्चा उनी सबैका लागि ‘सेवा गर्ने मान्छे’ मात्र खुल्थिन्, तर गाउँका लागि उनी खनिएको औषधीजस्तो निस्वार्थ मायाकी छोरी थिइन्।

अन्धकार रातमा सुत्केरी लिन धाउने,

बिरामीका घर घरमा औषधि पुर्‍याउने,

आफ्नै दुःख–सुख भुलेर अरूको ज्यान जोगाउने

उहाँको त्यो समर्पण गाउँलेहरूले कहिल्यै बिर्सने छैनन्।

तर आज परिस्थिति फरक थियो।

उनी जागिर छोडेर, आफ्नो बिहे भएको गाउँ डोल्पा जाने तयारीमा थिइन्।

जन्म र र्मभूमि यही गाउँ भए पनि, अब जीवनको नयाँ बाटो, नयाँ घर, नयाँ जिम्मेवारी डोल्पामा प्रतीक्षारत थियो।

स्वास्थ्य चौकीको आँगनमा भेला भएका गाउँलेहरू

उहाँलाई ‘फेरि भेटौँला’ भन्न नसक्ने बिघ्न भावुक बनेका थिए।

बुढाबुढीको आवाज त झन् काँपेको साथीहरू हातसमाते रोइरहेका थिए

दान कुमारी  पनि थामिन सकिनन्।

आफू जन्मिएको घर, हाँसेको आँगन, सेवा गरेको स्वास्थ्य चौकी—सबैलाई हेर्दै भाबुक बनेर आँसु थाम्न सकिनन।

“यो गाउँ मेरो घर मात्रै होइन, मेरो आधार हो। यहाँको माया म कहिल्यै बिर्सन्न भन्दै आँँसु पोछिन।

एकैसाथ आँसु पुछ्दै हात उठाइदिए।

आज गाउँ रोयो।

तर त्यो रोदनमा स्नेह थियो, आशीर्वाद थियो, र एउटा असल छोरीप्रति गर्व पनि थियो—

कारण, गाउँलेहरूको दान कुमारी  अब डोल्पामा आफ्नो नयाँ जीवन सुरु गर्न गएकी थिइन्।

उनले छाडेको सेवा, माया र सम्झनागाउँभरि अझै बासिरहने छ

प्रकाशित मिति : २०८२ मंसिर ६ गते शनिबार