संविधान र लोकतन्त्रको पक्षमा एमालेको जनपरिचालन अभियान तीव्र — रुकुम पश्चिमका ६ पालिकामा जनप्रदर्शन सम्पन्न



रुकुम पश्चिम । पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षा गर्न तथा विघटित संघीय संसद् पुनःस्थापना गर्न नेकपा (एमाले) केन्द्रिय समितिको निर्देशनअनुसार जिल्लाभर जनपरिचालन अभियान तीव्र गतिमा सञ्चालन भइरहेको छ।

उक्त कार्यक्रम अन्तर्गत चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउपालिकामा  एमाले कार्यकर्ता तथा समर्थकहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।

भेलाहरुले संविधान र लोकतन्त्रको संरक्षणका लागि एमालेको जनसंगठनलाई अझ सशक्त बनाउँदै जनताबीच जागरण ल्याउने कार्यमा महत्वपूर्ण भूमिका खेलेको जिल्ला अध्यक्ष नन्दराम देबकोटा ले जानकारि दिनुभयको छ्।

भेलाहरूमा मंसिर २९ गते हुने जिल्ला जनसभा का तयारी सम्बन्धी विषयमा पनि सबै स्थानीय कमिटिमा छलफल भएको जनाइएको छ। सभालाई सफल र ऐतिहासिक बनाउन सम्पूर्ण पार्टी संरचनालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।

अध्यक्ष देवकोटाले थप भन्नुभयो, “संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षा हाम्रो पहिलो प्राथमिकता हो। नेकपा (एमाले) सधैं जनताको पक्षमा दृढ रूपमा उभिनेछ।”

भेलाले जिल्लाभर पार्टी सुदृढीकरण, संगठन विस्तार र जनसंपर्क अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८२ कात्तिक २५ गते मंगलबार