नेकपा (एमाले) रुकुम पश्चिमको सातौँ पूर्ण बैठक सम्पन्न



रुकुम पश्चिम — नेपाल कम्युनिस्ट पार्टी (एमाले) रुकुम पश्चिमको सातौँ पूर्ण बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता जिल्ला अध्यक्ष नन्दराम देबकोटाले गर्नुभयो भने सञ्चालन जिल्ला सचिव ससिराम नेपालि ले गर्नुभएको थियो।

बैठकमा जिल्लाका पालिका अध्यक्षहरूका प्रतिवेदन, जनपरिचालन कार्यक्रम, आगामी केन्द्रीय महाधिवेशनको तयारी तथा समसामयिक राजनीतिक विषयहरूमा विस्तृत छलफल गरिएको थियो।

बैठकमा पालिका स्तरमा भएका गतिविधि र संगठन सुदृढीकरणका लागि लिइएका पहलहरूबारे रिपोर्टिङ प्रस्तुत गरिएको थियो। त्यस्तै, आगामी केन्द्रीय महाधिवेशनलाई सफल बनाउन जनपरिचालन अभियानलाई अझ प्रभावकारी बनाउने निर्णय पनि गरिएको छ।

हालको देशको समसामयिक राजनीतिक अवस्था र त्यसमा पार्टीको भूमिकाबारे समेत गम्भीर समीक्षा र छलफल गरिएको बैठकले जनाएको छ।

बैठकले पार्टी संगठनलाई अझ जनमुखी, सुदृढ र सक्रिय बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार