
रुकुम पश्चिम — रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा बोलेरो जिप दुर्घटना हुँदा सात जनाको मृत्य भयको छ्। मुसिकोट खलङ्गाबाट आठबिसकोटको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप झारमारेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पस्चिमले जनायको छ्।
गाडीमा करिब २० जना यात्रु सवार रहेका मध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। अन्य दश जना यात्रुहरू घाइते भएका छन्।
गाडीका चालक टोपजङ बुढा रहेको र उनीसहित अन्य घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सल्ले पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण अझै स्पष्ट नभए पनि प्रारम्भिक अनुमान अनुसार ओभरलोडका कारण जिप सडकबाट तल खसेको जनाइयको छ्। प्रहरी चौकी नदुवाबाट खटिएको प्रहरी टोली उद्धार कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो।









प्रतिक्रिया दिनुहोस्