
Screenshot
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्कोमा भएको सवारी दुर्घटनामा रुकुम पश्चिमका एक युवकले ज्यान गुमाएका छन्।
सानीभेरी गाउँपालिका–८ माथिल्लो आमडाँडाका २८ वर्षीय विनोद बुढाथोकीको शनिबार बिहान करिब ३ बजे सडक दुर्घटनामा निधन भएको हो।
स्थानीय स्रोतका अनुसार, विनोदले पार्किङमा राखेको आफ्नो कार निकालेर सडक क्रस गर्ने क्रममा पछाडिबाट तीव्र गतिमा आएको अर्को गाडीले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल नजिकको अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
मृतकका मामा नरबिर खड्काका अनुसार, विनोद लामो समय रोजगारीका सिलसिलामा दक्षिण कोरियामा कार्यरत थिए। डेढ वर्षअघि मात्र कोरियाबाट फर्की अमेरिका गएका उनी त्यहाँ विभिन्न काममा संलग्न थिए।
प्रकाशित मिति : २०८२ असोज १८ गते शनिबार









प्रतिक्रिया दिनुहोस्