जाजरकोट।सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐनविरुद्धमा निजी विद्यालयका सञ्चालक आन्दोलित भएका छन् । संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गरिएका केही बुँदाहरूमा असहमति जनाएर निजी विद्यालयका सञ्चालकहरू आन्दोलित भएका हुन् । जाजरकोटसहित देशभर निजी विद्यालयहरूका साझा संगठन प्याब्सनले संयुक्त रूपमा आन्दोलन थालेको जनाएका छन् । विधेयकमा निजी विद्यालय क्रमशः गैरनाफामूलक बनाइनेछ । पूर्ण छात्रवृत्ति राखेपछि प्याब्सनले उक्त मुद्दा खारेजीको माग अघि सारेर देशभर आन्दोलनमा उत्रिएको प्याब्सन जाजरकोटका अध्यक्ष नर बहादुर खड्काले जनाएका छन ।
आउँदै गरेको शिक्षा बिधेयकमा असन्तुष्टि जनाउँदै प्याब्सन जाजरकोटले भेरीनगरपालिका प्रमुख र नगर शिक्षा अधिकारी ,जिल्ला प्रशासन कार्यलय , जिल्ला समन्वय , जिल्ला शिक्षा समन्वय इकाई जाजरकोट लाई ज्ञापनपत्र बुझाएको हो ।

प्याब्सन जाजरकोटले निम्न बुँदालाई तत्काल सच्याउनु पर्ने विषयहरू भनेको छ :
१) निजी विद्यालयहरूलाई क्रमश गैर नाफामूलक बनाईनेछ भन्ने वाक्यांश हटाइनु पर्ने ।
२) पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने ।
३) हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १०% छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनु पर्ने ।
४) छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने ।
यस्तो छ संयुक्त ज्ञापनपत्र












प्रतिक्रिया दिनुहोस्