राष्ट्रिय स्तरमा जाजरकोटलाई भलिबल खेलमार्फत चिनाउन सफल खेलाडी तुफान श्रेष्ठको निधन भएको छ । लामो समयदेखि हृदयसम्बन्धी समस्याबाट पीडित श्रेष्ठको काठमाडौंस्थित गंगालाल हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको हो ।
श्रेष्ठको निधनले जाजरकोट मात्र होइन, सम्पूर्ण नेपाली खेलकुद क्षेत्र शोकमा डुबेको छ । जिल्लामा भलिबलको विकासका लागि निरन्तर क्रियाशील रहँदै आउनुभएका श्रेष्ठले युवाहरूमाझ खेलप्रतिको रुचि बढाउनुका साथै राष्ट्रियस्तरका प्रतियोगितामा जाजरकोटको पहिचान स्थापित गराउन उल्लेखनीय भूमिका खेल्नुभएको थियो ।
स्थानीयस्तरमा थुप्रै प्रतियोगिता आयोजनासँगै प्रशिक्षक र प्रेरणादायी व्यक्तित्वका रूपमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको थियो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक सञ्जालमा जाजरकोटका युवाहरूले “जाजरकोटको खेल क्षेत्रमा अपूरणीय क्षति” भन्दै भावुक सन्देशहरू व्यक्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्