रुकुम। स्वर्गीय रमाकुमारी देवकोटाको सम्झनामा स्थापना गरिएको रमाकुमारी देवकोटा स्मृति छात्रवृत्ति अक्षयकोषको आयोजनामा आज रत्न आधारभूत विद्यालय, बाफिकोट–५, काडामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

विद्यालय प्राङ्गणमै आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई टिफिन बक्स, कापी र कलम वितरण गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री शिवप्रकाश पुरीले यस्तो सहयोगले विद्यार्थीहरूलाई अध्ययनप्रति थप उत्साह मिल्ने र पठन-पाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
उक्त अवसरमा स्वर्गीय रमाकुमारी देवकोटाका कान्छा सुपुत्र श्री विकल्प देवकोटा, परिवारका अन्य सदस्यहरू, विद्यालयका शिक्षक-शिक्षिका तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले स्वर्गीय देवकोटाको सम्झनामा स्थापित अक्षयकोषमार्फत निरन्तर यस्ता सहयोगमूलक कार्यहरू भइरहनुपर्नेमा जोड दिएका थिए।
रमाकुमारी देवकोटा स्मृति छात्रवृत्ति अक्षयकोषले शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।









प्रतिक्रिया दिनुहोस्