जाजरकोट ।भूकम्प पीडितलाई वितरण गर्न भनेर पठाइएका तातो कपडा लगाएतका सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिको गोदाममै कुहिएको छ। समयमा वितरण नगर्दा केही तातोकपडा बलाङ्केट लगाएतका राहत सामग्री प्रयोग गर्नै नसक्ने अवस्थामा पुगेको देखिन्छ।
२०८०कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण हजारौँ परिवार विस्थापित भए, केहीको ज्यान पनि गयो। प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन भन्दै विभिन्न संघसंस्थाले खाद्यान्न, त्रिपाल, लत्ताकपडा पठाएका थिए। तर जिल्ला विपद् व्यवस्थापन समितिको स्टोर कोठा—त्रिभुवन माध्यमिक विद्यालयको एक कोठामा सम्बन्धित निकायले व्यवस्थापन गर्न नसक्दा कपडा गोदाममै थन्किएर कुहिएका छन्।
भूकम्प गएको १७ महिना बितिसक्दा पनि नागरिक चिसोमा कष्ट भोगिरहेका छन्। तर भूकम्प पीडितका लागि भनेर आएका तातो कपडा भने च्याउफुला लागेर कुहिएका छन्।
भूकम्प प्रभावित क्षेत्रमा अझै पनि तातो कपडाको अभाव छ। नागरिक कठ्याङ्ग्रिएर बसिरहेका छन्। यहाँ राहत गोदाममै सडाइन्छ।











प्रतिक्रिया दिनुहोस्