जाजरकोट । गृहमन्त्री रमेश लेखकले जाजरकोट जिल्लामा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गरेका छन्। यो इकाइले जिल्लामा भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाका कार्यहरूलाई तीव्रता दिने उद्देश्य राखेको छ।
भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरूलाई व्यवस्थित गर्न सरकारले स्थापना गरेको उक्त कार्यालयको उद्घाटन गर्दै मन्त्री लेखकले भूकम्प प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माणका लागि सरकारले विशेष प्राथमिकता दिएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले , भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्युनिकरण पुनस्थापना प्राधिकरण, प्रदेश सरकार स्थानीय तह, एकै साथ चल्नु पर्ने बताए । उहाँले विस्तृत परियोजना (डिडिए) छिटोछरितो गरिने डिडिएको काम समयमा सम्पन्न गरि पुननिर्माणको कामलाई अघि बढाउन सरकार लागी परेको बताए। भूकम्पले घर भत्किएपछि पुननिर्माण पुर्व गरिने डिडिएका लागी जाजरकोटमाा ५० जना, रुकुमपश्चिममा ४८ जना प्राविधिकले काम गरि रहेको र फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि सरकारले थप गर्ने कुराको जानकारी पनि दिए ।
मन्त्री लेखकले जाजरकोट जिल्लामा अलपत्र परेको योजनाहरुका विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदमा छिटोछरितो सम्पन्न गर्न जाजरकोटी जनताको गुनासोलाई सम्वोधन गर्ने सरकार जनताको अवस्था परिवर्तन गर्न प्रतिवद्ध रहेको भनाई छ “।
उद्धाटन समारोहमा जाजरकोट र रुकुम पश्चिमका जनप्रतिनिधिहरु, प्रशासनिक अधिकारी, सुरक्षाकर्मी, समाजसेवी तथा नागरिकहरूको उपस्थिति थियो । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरूमा पुनर्निर्माणको गति तीव्र पार्न सरकारले जाजरकोटमा कार्यालय स्थापना गरेको छ ।
सरकारले पुनर्निर्माणका लागि आवश्यक बजेट, जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्