वडा अध्यक्ष सिंहले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण



जाजरकोट १२ । आफ्नो जन्मदिनको अवसर पारेर वडा अध्यक्ष रामबहादुर सिंहले चार बिधालयका २७७ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्।

स्थानीय विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी गरिएको यो कार्यक्रममा शाान्ति प्रथामिक बिधालय बुढागाउ , दिपेन्द्र माध्यमिक बिधालय पहाडा मुल्साम ,जनप्रिय प्राथमिक बिधालय स्याला मुल्साम ,महादेव प्राथमिक बिधालय रुम्सिलका २७७ जना आर्थिक रूपमा कमजोर तथा असहाय बालबालिकालाई शिक्षामा सहयोग पुग्ने उदेश्यले आफ्नो जन्म दिनको अबसर पारी शैक्षिक सामग्री बितरण गरिएको वडा अध्यक्ष  सिंहले जनाए । कार्यक्रममा कापी, कलम, ज्यामिती बक्स ,भलिवल नेट लगायतका सामग्रीहरू वितरण गरिएको थियो।

वडा अध्यक्ष सिहले शिक्षाको महत्वलाई मध्यनजर राख्दै आफूले सकेसम्म बालबालिकाको उज्जवल भविष्यका लागि योगदान दिने बताए। “शिक्षा नै समृद्ध भविष्यको आधार हो, त्यसैले बालबालिकालाई आवश्यक सामग्री उपलब्ध गराउनु हाम्रो कर्तव्य हो,” उनले भने।

स्थानीय अभिभावक र विद्यालय प्रशासनले अध्यक्ष सिहको सामाजिक योगदानको प्रशंसा गरेका छन्। कार्यक्रममा विद्यार्थीहरू उत्साहित देखिन्थे भने अभिभावकहरूले समेत खुशी व्यक्त गरेका थिए।

यो अभियानलाई निरन्तरता दिने योजना रहेको अध्यक्ष सिहले बताएका छन्।

प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार