नेकपा एमाले रुकुम पश्चिमको चौथो पूर्ण बैठक सम्पन्न ।



रुकुम पश्चिम । नेकपा (एमाले) रुकुम पश्चिम  चौथो पूर्ण बैठक सदरमुकाम खलंगास्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

आईतबार पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका कर्णाली प्रदेश कमिटी इन्चार्ज गोरख बोगटीको प्रमुख आतिथ्यता र पार्टी कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शााहको विशेष आतिथ्यतामा रहेको थियो ।

बैठक सञ्चालन जिल्ला पार्टी सचिव ससिराम नेपालीले गरेका थिए । बैठकमा जिल्लाका भुगोल प्रदेश कमिटी र जिल्ला, कमिटि सदस्य पालिका अध्यक्षहरुको उपस्थिति रहेको थियो।
बैठकमा पालिका अध्यक्षहरूबाट संगठनात्मक गतिविधिको रिपोर्टिङ प्रस्तुत गरिएको थियो ।
यसैगरी, बैठकले पार्टी सुदृढिकरण जिल्लामा तीनमहिने अभियान कार्यान्वयनका लागि बैठकहरूको मिति तय गरेको छ ।
बैठकले विभिन्न समसामयिक प्रस्तावहरू पारित गरेको एमाले रुकुम पश्चिम कमिटीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतबार