निजामती कर्मचारी संगठन रुकुम पश्चिमको अध्यक्षमा केसी निर्वाचित



पश्चिम रुकुम। नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमको अध्यक्षमा धनबिर केसी निर्वाचित हुनुभएको छ ।

शनिबार मुसिकोटमा भएको १२औ जिल्ला अधिवेशनबाट केसीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो ।

कार्यसमितिको खुला उपाध्यक्षमा भिम खत्री र महिला उपाध्यक्षमा हृदयकली पौडेल, सचिवमा सागर भुजेल, सहसचिवमा तुलबिर बिक र कोषाध्यक्षमा कविराज केसी निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी संगठनको सदस्यहरुमा मुना केसी, अस्मिता रावल, प्रेमा केसी, लक्ष्मी पुन, दिपेन्द्र ओली, बिरेन्द्र बिष्ट, कृष्णमान केसी, यज्ञ भि थापा, महेन्द्र ओली, ललितजंग बुढामगर, गोरख केसी, राजेन्द्र केसी र भुवन चौधरी चयन हुनुभएको छ।

अधिवेशनले केन्द्रिय प्रतिनिधिमा मनोज केसी र कमला केसीलाई छनौट गरेको छ भने प्रदेश प्रतिनिधिमा सुरेन्द्र खत्री र देवी ओली चयन हुनुभएको छ ।
त्यसैगरी लेखा परिक्षण आयोगको संयोजकमा केदार शर्मा चयन हुनुभएको छ भने सदस्यहरुमा केशव केसी र महेश कठायत चयन हुनभएको छ ।

संगठनका निवर्तमान अध्यक्ष पुष्पराज ओलीको अध्यक्षतामा भएको १२औं अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले रुकुम पश्चिमका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्यहरु कर्णबहादुर ओली र हरिप्रसाद शर्मा, संगठनका केन्द्रिय सदस्य तथा रुकुम पश्चिम ईन्चार्ज जसबिर खत्री लगायत विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो।

उद्घाटन सत्रको अवसरमा संठगनका वर्तमान र पूर्व केन्द्रियहरु र पूर्व जिल्ला अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिबार