बारेकोट । आधारभूत स्वास्थ्य सेवा केन्द्र बारेकोट गाउँपालिका-३ मा सुरक्षित प्रसुती केन्द्र (बर्थिङ्ग सेन्टर ) उद्घाटन गरिएको छ ।

बारेकोट गाउँपालिका -३ का वडा अध्यक्ष राम बहादुर सिंहको सभाअध्यक्षतामा भएको कार्यक्रममा बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीको प्रमुख आतिथ्यता र बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक राज खत्रीको विशिष्ट आतिथ्यता रहेको थियोे । कार्यक्रममा बोल्दै
बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीले संबिधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवा हरेक नागरिकको मौलिक हक रहेको, धारा ३८ मा महिलाको हक अन्तरगत हरेक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धि हकको प्रत्याभूत गरेको र सोहि बमोजिम जनस्वास्थ्य सेवा ऐन, नियमावली र सुरक्षित मातृत्व र प्रजन्न अधिकार ऐन समेत जारी भएको स्मरण गराउदै प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवाबाट कोहि पनि वन्चित हुन नहुने कुरामा जोड दिनु भएको छ ।
तेस्तेै बारेकोट गाउँपालिका ३ का वडा अध्यक्ष राम बहादुर सिंहले पनि सेवालाई थप प्रभावकारी र व्यबस्थित बनाउन स्थानीय तह र प्रदेश सरकार सँग पहल गर्ने बताउनु भएको छ।










प्रतिक्रिया दिनुहोस्