जाजरकोट । जाजरकोटमा मंगलवार अर्को सडक दुघर्टना भएको छ । विपरित दिशाबाट आएका फोर्स गाडी र जीप एक आपसमा ठोकिदा चार जना घाइते भएका छन् ।
जाजरकोट भेरी नगरपालिका १२ रातोपोखरा स्थित छिन्चु जाजरकोट सडक खण्डमा दुघर्टना भएको हो । सोमवार मात्र दई छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाईते भएका थिए । एक पछि अर्को दुघर्टना हुन थालेपछि स्थानिय चिन्तामा परेका छन् ।
नेपालगंज बाट जाजरकोट तर्फ आउदै गरेको लु २ ख ५८३६ नं को फोर्स गाडी र बिपरित दिशा बाट जादै गरेको लु १च ५२९९ नं को जिप एक आपसमा एक्कासी ठोकिन जाँदा फोर्स गाडीमा रहेका रुकुम पश्चिम चौरजहारी नगरपालिका.३ बस्ने बर्ष २७ कि सपना कुमारी महर, जाजरकोट नलगाड नगरपालिका ७ बस्ने बर्ष ६३ कि गंगा बि.क., जिल्लाकै कुशे गाउँपालिका. ६ बस्ने बर्ष २१ की माया तिरुवा र दाङ शान्तिनगर गाउँपालिका ७ बस्ने बर्ष ३७ को बिमला थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
४ जना व्यक्ती घाईते भई उपचारको लागि जिल्ला अस्पताल जाजरकोट तर्फ पठाएको र अन्य सवार सबै सकुसल रहेको प्रहरी सहायक निरीक्षक देब बहादुर नपालीले बताए ।
दुवै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । सोमवार भएका दुघर्टनाका घाइते ११ जनालाई हेलिकोप्टरबाट सुर्खेत लगेर प्रदेश अस्पतालमा उपचार भैरहेको छ । केहीको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
साँघुरो सडकमा अनियन्त्रित तवरले गाडी हुँइक्याउन, क्षमता भन्दा बढी यात्रु राख्ने, थोत्रा गाडीको प्रयोग, सिकारु चालक लगायतका कारणले कर्णालीका सडकमा दुघर्टना बढ्दै जान थालेका छन् ।









प्रतिक्रिया दिनुहोस्