एउटा जितकाे मुकुट लगएर
निरन्तर हावामा बडिरहे
यहाँ म मनुवा भएपछि सदा
जित्न सिकाई रहयाे जब
म भुर्ण थिए गर्बमा
त्यहिबेला देखि तजबिच लगाई रहयाे
कहिले हावा सग कहिले पानी सग
त कहिले अाफै सग जितकाे
खाेजिमा निरन्तर लम्किरहे
यहाँ म
अधुराे अपुराे भएकाे छ
लेख्न बिर्सेकाे कहानि जस्ताे
र पूरा नभएकाे पुर्णिमाकाे जुन जस्तो
परन्तु
जित तिमी सधै तिमी
बहादुरि र साहासि याैद्धाकाे
खल्तिमा नै बयर काडा भएर अल्झिरहयाै
कयाै याैद्धा मुटु धिताे राखेर
ईतिहास पूरा गरेका हुन।
हाे म पनि तिम्रो पानाकाे एबु
अक्षर हुने चाहान बाेकेकाे छु
तिमिलाई चिन्नेकाे ईतिहास
अनमाेल अक्षरले संवरण पानामा
समधुरताका साथ सजिएका हुन ।
हाे तिम्रो नीति यसरी
पहुथाैने बिचारमा छु।
आगाेलाई सागर सम्झेर पैतला चाल्नु छ
हरेक कदम काे मूल्य अनमाेल बनाउनु छ र।
शरिरलाई जिबित राख्ने बरफकाे
डल्लाे बाेकेर म जितकाे सामु जानू छ
जितकाे झाेला बाेकेर छातिकाे आकार बढाएर
दिलकाे बेग पनि बढाउनु छ
म जितलाई जित्न ईतिहास पूरा गर्ने
दाैडमा दाैडिरहेकाे छु
म कतै हराएकाे छैन जित
तिम्रो दिल खुशि बनाउन मैले मेरि आमालाई
बुटे रूमालमा नासाे बनाउन लगाएकाे छु
नेपाली आमा र नेपालले जितने छ
जित्नै पर्छ
निरन्तर अगाडि बडदै छु
बडिरहने छु
बैज्ञानिक समाजबादका लागि









प्रतिक्रिया दिनुहोस्