मेराे प्याराे जाजरकोट



प्रकृतिको राजमार्गबाट
जगतिसेङका तजबिजहरू
खोजिरहेका छन् यहाँ
प्यारी र कचालिकाे आगनबाट
लालीगुरास फुल्ने बन पाखामा
लुकामारी खेल्ने ती ग्वालाहरू
ठाडिभाका गीत बाट
खाेलिरहेका छन् मनका कथाहरू
रमाका हिमालको काखबाट
धेरै कुरा बदल्नु छ यहाँ
चिनकम्द र भैरिकाे लेख बाट
ढाल तरवाल अनि खुकुरी नाचका प्रतिबिम्बहरू
देखाउँदै छन् यहाँ
कुसे मुसे पाटनबाट
लोक नाचका चाँचरीहरू
खोली रहेछन् रिखेबस्तिबाट
सिङगारू र मयुर नाचका बाइस हाताहरू
टोकिदिए झ्याली मादल
खैजेरिकाे तालबाट
थपिदिए देउडा भाकाका धा चाहरू
चाखुरेका फेदिबाट
फर्किएनन् मार्क्सवाद का भाषण दिनेहरू
नेपालको खाल्डोभित्र फसेपछि
झुपडीमा दालभातको जोहो गर्नेहरू
पर्खी बसे बारेकाेटकाे दराबाट
यस्तै हुन अपुरा हाम्रा रहरहरू
बाँदर चढ्ने भिरपाखामा
जुनी काट्ने मानवताका कथाहरू
खोलिदिए ओखर खोज्ने गट्ठाबाट
बिर्सिदिए छेडागाडका माछाहरू
रेम्बाे माछाका कुरा गर्दा
भुलिदिए बारेकाेटका गाभाहरू
तारे होटेलको भोजनबाट
आलिसान महल एैस गर्दै
नलगाडकाे तिर बाट
धोकेबाज लाई चुनाैति दिँदै
मालेमाबादी सिद्धान्त सिराेधार गर्दै
क्रान्तिकाे राकाे सल्काउँदै
निरन्तर अगाडि बढ्दै छन्
वैज्ञानिक समाजवादको लागि
जुम्ला तातोपानी

लेखक . प्रेम प्रकाश वली ( धमिल)   नेपाल कम्युनिष्ट पार्टी (बहुमत) केन्द्रीय महाधिवेशन कमिटी सदस्य हुन ।

प्रकाशित मिति : २०८१ भदौ ६ गते बिहीबार